राप्रपाले टुङ्ग्यायो समानुपातिक सांसदका लागि ४ जनाको नाम

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक सांसद बन्ने ४ जनाको नाम टुङ्गो लगाएको छ । आइतबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले नाम टुङ्गो लगाएको हो ।

समानुपातिक बन्दसूचीमा रहेका ४ जनालाई प्रतिनिधिसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

को–को समेटिए ?

१. भरत गिरी– खस आर्य पुरुष– महोत्तरी
२. ताहिर अली– मुस्लिम पुरुष– रुपन्देही
३. खुस्बु ओली– खस आर्य महिला– झापा
४. सरस्वती लामा– जनजाति महिला– धादिङ

  • १ चैत्र २०८२, आईतवार १६:०७ प्रकाशित