जुम्ला ।
जुम्लाबाट बिहीबार हेलिकोप्टरबाट उद्धार गरिएकी एक सुत्केरीको उपचारका क्रममा ज्यान गएको छ । जिल्लाको तिला गाउँपालिका–३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको ज्यान गएको हो ।
पारिवारिक स्रोतका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएकी उनको गएराति उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएको हो ।














