एमाले अध्यक्ष ओलीलाई पितृ शोक

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

उनको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचारको क्रममा निधन भएको एमाले स्रोतले बताएको छ ।

अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी छ ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।

  • २९ फाल्गुन २०८२, शुक्रबार ०८:२६ प्रकाशित