कारोबारसहित बढ्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २३.८७ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २८२० अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ५५ करोडको भयो ।

आज १७६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ९ को स्थिर रह्यो ।

  • २८ फाल्गुन २०८२, बिहीबार १६:२४ प्रकाशित