पोखरा ।
आज (बिहीबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहितका विदेशी मुद्राको भाउ बढेको छ । तर, युरोसहित केही मुद्राको भाउ भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा थियो ।
त्यसैगरि आज युरो १ को खरिददर १७० रुपैयाँ ५३ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा छ । हिजो युरो १ को खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४० पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३१ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ १७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९८ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०५ रुपैयाँ ७३ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ २४ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७१ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ०६ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ०२ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४७८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४८० रुपैयाँ ८१ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ३९० रुपैयाँ ८१ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ८८ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।













