अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलर र युरो सहितको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज (सोमबार) अमेरिकी डलरको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा छ ।

त्यसैगरि आज युरो १ को खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा छ । हिजो युरो १ को खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३० पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९७ रुपैयाँ २८ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ३० पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४८० रुपैयाँ ५३ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४८० रुपैयाँ ३७ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ १६ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ७५ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ६८ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

  • २५ फाल्गुन २०८२, सोमबार ०८:४१ प्रकाशित