नुवाकोट ।
नुवाकोट-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा.विक्रम तिमल्सिनाले अग्रता लिइरहेका छन् ।
यसअघि अग्रता लिइरहेका पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार डा.प्रकाशशरण महतलाई पछि पार्दै तिमल्सिनाले करिब तीन हजार मतले अग्रस्थानमा छन् ।
पछिल्लो मत अपडेटअनुसार तिमल्सिनाले १६ हजार २१० मत प्राप्त गर्दा महतले १३ हजार ४३३ मत ल्याएर दोस्रो स्थानमा झरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हितबहादुर तामाङ ९ हजार ६८३ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा (एमाले)का बद्री मैनाली छ हजार २२८ मतसहित चौथो स्थानमै खुम्चिरहेका छन् ।
उज्यालो नेपाल पार्टीका अमित तामाङले एक हजार ५५५ मत पाएका छन् ।














