धादिङ ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर–१ मा रास्वपाकी उम्मेदवार आशिका तामाङले अग्रता कायम राखेकी छिन् । तामाङले हालसम्म गणना भएको मतमध्ये ५ हजार ३०९ मत पाएकी छिन् ।
एमालेका उम्मेदवार भूमि त्रिपाठीले २ हजार ६२४ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार कृष्ण आचार्यले १ हजार ४५३ मत पाएका छन् । नेकपाका उम्मेदवार राजेन्द्र पाण्डे १ हजार २६५ मत सहित चौथो स्थानमा रहेका छन् ।













