सुर्खेत – १ मा कांग्रेसको सुरुवाती अग्रता

केन्द्रभाग मिडिया

फाइल तस्बिर

सुर्खेत ।

सुर्खेत १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । १९९० मत गणना गर्दा कांग्रेसका विष्णुकुमार खड्काले ७९६ मत पाएका छन् ।

यस्तै रास्वपाका टेकबहादुर सिंहले ५४५ सहित दोस्रो स्थान पाउँदा एमालेका ध्रुवकुमार शाहीले ४२७ मत पाए ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका जीतबहादुर रानाले ७७ र राप्रपाका रविकिरण हमालले १७ मत पाएका छन् । यस्तै बदर मत ८४ रहेको छ ।

  • २२ फाल्गुन २०८२, शुक्रबार १२:०३ प्रकाशित