चितवन ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले अग्रता कायम राखेका छन् ।
रास्वपा सभापति समेत रहेका उनले हालसम्म गणना गरिएको मतमध्ये ८ हजार १५ मत प्राप्त गरेका छिन् । उनलाई एमालेका उम्मेदवार अस्मिन घिमिरेले २ हजार ५९० मत सहित पछ्याएका छन् ।
कांग्रेस उम्मेदवार मिना खरेलले २ हजार ४८१ मत पाउँदा नेकपा उम्मेदवार प्रताप गुरुङले १ हजार ७५६ मत पाएका छन् ।














