धनगढी ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणनाको सुरुवाती नतिजा सार्वजनिक भएको छ। प्रारम्भिक १००० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्दलेले अन्य दलहरूभन्दा फराकिलो अन्तरसहित अग्रता बनाएको छ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार, चन्दले सबैभन्दा बढी ४९० मत खसेको छ। त्यसैगरी, नेकपा एमालेका यज्ञराज ढुंगानाले २२९ मत प्राप्त गर्दै दोस्रो स्थानमा पछ्याइरहेका छन्, भने नेपाली कांग्रेसका नरनारायण शाह मनु १४७ मतका साथ तेस्रो स्थानमा रहेको छ।
अन्य नेकपाका उम्मेदवार प्रेम आलेले ।७० मत प्राप्त गरेका छन् भने राप्रपाका रोशन शाहीले १७ मत ल्याएका छन्।














