काठमाडौं ।
निर्वाचन आयोगले दिएको समयसीमा अनुसार दलहरूले सोमबारदेखि चुनावी प्रचार प्रसार सुरु गरेका छन् । यही क्रममा पूर्वमन्त्री कुलमान घिसिङले पनि आफ्नो चुनावी प्रचार तीव्र पारेका छन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष समेत रहेका घिसिङले काठमाडौँ ३ बाट उम्मेदवारी दिएका छन् । उनी यतिवेला घरदैलो कार्यक्रममा व्यस्त छन् ।२१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले ४ देखि १८ फागुनसम्म चुनाव प्रचारप्रसार गर्न समय तोकेको छ ।
आसन्न निर्वाचनमा कुल तीन हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धाको मैदानमा छन् । आयोगले उम्मेदवारहरूलाई चुनाव प्रचारका लागि बिहान ७ देखि साँझ ७ बजेसम्मको समयसीमा तोकेको छ ।














