ज्ञानमार्ग टोल विकास संस्थाको अध्यक्षमा मीनु कोईराला

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको गैह्रापाटनस्थित ज्ञानमार्ग टोल विकास संस्थाको अध्यक्षमा मीनु कोईराला चयन भएकी छन् । संस्थाको १३ औं साधारण सभा तथा सातौं अधिवेशनले कोईरालालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

उपाध्यक्षमा सूर्यप्रसाद तिमिल्सिना, सचिवमा ईन्दिरा कोईराला र कोषाध्यक्षमा पुजनकुमार श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा दुर्गा खेड्का, कृष्ण प्रजापती थापा, कोपिला पण्डित, सन्देश श्रेष्ठ र जय गोपाली सर्वसम्मत चयन भएको निर्वाचन समितिका शंकरनाथ कोईराला र नारायणकुमार श्रेष्ठले घोषणा गरे ।

यसअघि प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर–४ का वडा सदस्य तथा ज्ञानमार्ग टोल विकास संस्थाका पूर्व अध्यक्ष प्रकाश कोईरालाले कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसमा बोल्दै उनले ज्ञानमार्ग टोललाई चाँडै नाङ्गो तारमुक्त टोल बनाउने घोषणा गरे ।

  • २ फाल्गुन २०८२, शनिबार २०:११ प्रकाशित