दुर्गा प्रसाईँलाई हाजिरी जमानीमा छाड्ने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा छाडिने भएको छ ।

साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार उनलाई हाजिरी जमानीमा छाड्ने गरी रिहाको प्रक्रिया अघि बढाइएको छ ।चाल्नाखेलबाट प्रहरीको टोलीले उनलाई साइबर अपराध कसुरमा पक्राउ गरेको थियो ।

माघ पहिलो साता पनि उनी हाजिरी जमानीमा छुटेका थिए ।

यसअघि नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयलाई लिएर गगन थापामाथि आर्थिक चलखेलको भ्रम फैलाएपछि उनी पक्राउ परेका थिए । प्रसाईँमाथि कारबाही गर्न आयोगले साइबर ब्युरोमा पत्रचार नै गरेको थियो ।

  • २५ माघ २०८२, आईतवार १६:४७ प्रकाशित