काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई पक्राउ गरेको हो । परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई पक्राउ गरिएको पुष्टि गरे ।
पक्राउ पर्नेमा काठमाडौँ १६ बालाजु हाईट घर भई बासवारी बस्ने ४२ वर्षिय मनिष राजवाहक, सिन्धुपाल्चोक लिसंखुपाखर ६ पड्कु घर भई हाल काठमाडौँ ३१ गैरिगाँउ बस्ने ४६ वर्षिय खिम बहादुर खड्का र डोटी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ घर भई हाल धादिङ धुनिबेशी नगरपालिका वडा नम्बर ७ खानीखोला बस्ने ४५ वर्षिय संजय श्रेष्ठ रहेका छन् ।
पक्राउ परेकाहरुबाट ल्यापटप, त्यसको चार्ज र भिडियो रेकर्डर बरामद भएको छ । चोरीमा मुख्य व्यक्ति जेनजी आन्दोलनको क्रममा २४ भदौमा नख्खु कारागारबाट फरार रहेका व्यक्ति रहेको प्रहरीले बताएको छ ।
प्रहरीले उनीहरुमाथि अनुसन्धान जारी रहेको भन्दै थप विवरण बताएको छैन ।















