संक्रामक तथा सरुवा रोग अस्पतालका ४ स्वास्थ्यकर्मीलाई नेलम्बोको सहयोग

केन्द्रभाग मिडिया

नेलम्बो नेपालले पोखराको लेखनाथमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालका ४ स्वास्थ्यकर्मीलाई सहयोग गरेको छ ।

पछिल्लो समय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्दो रहेको भन्दै नेलम्बोले रेडियो ग्राफर १ जना, स्र्टाफ नर्स १ जना, ल्याव टेक्निसियन २ जनालाई ६ महिनाको लागि सहयोग गरेको नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले वताए ।

नेलम्बो नेपालले सो अस्पताललाई डिस्पोजिवल माक्स ५०० पिस, के.एन ९५ माक्स ५०० पिस, सेनिटाइजर २० लिटर, पल्स अक्सिमिटर १० पिस, डिस्पोजिवल पन्जा १० प्याकेट, पिपिइ १० पिस, स्प्रे बोतल १० पिस, व्याट्री १० जोर, कोभिड १९ सचेतना व्यानर २ पिस गरि जम्मा ७५ हजार १५० रुपैया बराबरको स्वास्थ्य सामग्रीहरु पनि उपलब्ध गराएको छ ।

नेलम्बो नेपालले कोभिड–१९ सँग सम्बन्धित कार्यक्रमहरु सुरुबाटै गर्दै आएको छ।

  • ५ माघ २०७८, बुधबार १७:०२ प्रकाशित