नेपाल–इजरायल श्रम सम्झौतापछि आज पहिलो उडानः राती ९९ नेपाली इजरायल उड्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल र इजरायल बीचको श्रम सम्झौतापछि पहिलोपटक आज ९९ जना नेपाली कामदार इजारायनल जादैँछन् । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते श्रम सम्झौता भएको थियो ।

वैदेशिक रोजगार विभागका अनुसार आज राती ११ बजे ६३ महिला र ३६ पुरुष गरी ९९ जना इजरायलतर्फ जान लागेका हुन् ।विभागकाको अनुसार पहिलो उडानस्वरुप आजको उडानपछि जनवरीको २९ र फेब्रुअरी १ तारिकका दिन दुई उडान हुनेछ।

दोस्रो चरणमा १६२ जना इजरायल उड्ने भएका छन् । माघ १५ र १८ गते कामदार इजरायल उड्ने तय भएको विभागले जनाएको छ।

  • ५ माघ २०७८, बुधबार १३:२६ प्रकाशित