काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई तिहाइ मत प्राप्त गरी अब्बल सरकार निर्माण गरेर देशको समग्र विकास गर्न तथा देशको आन्तरिक सबलता एवं बाह्य सम्मानलाई समेत अभिवृद्धि गर्ने लक्ष्यसहित केन्द्रीय समिति बैठकको निर्णय अनुसार उक्त समिति गठन गरेको सो पार्टीले जनाएको छ । समितिको सदस्य सचिवमा शङ्कर श्रेष्ठ रहेका छन् । अर्याल नेतृत्वको समिति अन्तर्गत सातै प्रदेशमा समन्वय समिति गठन गरी समन्वय सचिव र सदस्यहरू समेत तोकिएका छन् ।
त्यसबाहेक ३ वटा विशेष समिति समेत गठन गरेको रास्वपाले जनाएको छ । जसमा आन्तरिक समन्वय उपसमिति, प्रशासनिक सम्न्वय उपसमिति र सञ्चार समन्वय समिति गठन गरेको रास्वपाले जनाएको छ ।















