काठमाडौं ।
कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा विमान दुर्घटना हुँदा १५ जनाको ज्यान गुमेको छ । १३ यात्रु र दुई चालक दलका सदस्य विमानमा रहेकोमा सबैको ज्यान गुमेको कोलम्बियाली अधिकारीहरूले बताएका छ्न् ।
घटनालगत्तै उद्धारकर्ता घटनास्थलमा खटिएको भए पनि कोही पनि जीवित फेला पार्न नसकेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।
सरकारी एयरलाइन्स कम्पनी साटेना यो उडान सञ्चालन गर्ने कम्पनी हो । विमान एचके ४७०९ उडान स्थानीय समयअनुसार बुधवार बिहान ११ः४२ मा राजधानी कुकुटाबाट ओकाना प्रस्थान गरेको थियो ।















