‘सुदूर अब दूर नाई’ : बालेन

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता यतिबेला सुदूरपश्चिम प्रदेशको भ्रमणमा छन् ।

मंगलवार सुदूर तराईका कैलाली–कञ्चनपुरमा चुनावी गतिविधिमा सहभागी भएपश्चात बुधवार बिहानै पहाड चढेका छन् । यसैक्रममा उनी अहिले डडेलधुरामा पुगिसकेका छन् । बालेन सुदूर पहाड चढ्दा बाटोमा हिउँ पनि परिरहेको छ ।

यसैक्रममा बालेनले फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै त्यसको क्याप्सन डोटेली भाषामा लेखेका छन् । ‘सुदूर अब दूर नाई,’ क्याप्सनमा उनले लेखेका छन्,‘झिक्कै–झिक्कै माया तम्लाई१’

यस्तै बालेनसँगै गएका समर्थकहरूले उनले डडेलधुराको साहुखर्कमा खिर खाएको तस्बिर पनि सार्वजनिक गरेका छन् ।

  • १४ माघ २०८२, बुधबार १४:०२ प्रकाशित