बहुमत सिटका निम्ति क्रियासिल हुन पार्टी सदस्यलाई एमालेको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले आफ्नो पार्टी सदस्यहरूलाई चुनावमा होमिन अपिल सहितको पत्र पठाएको छ । कार्यकर्ताले तिनै पत्रलाई सार्वजनिक गर्दै सामाजिक सञ्जाल रंग्याएका छन् । समाजिक सञ्जालमा कार्यकर्ताले पोष्ट गरे अनुसार अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको पत्र पठाउँदै एमालेले पार्टी सदस्यहरूलाई बहुमत सिटका निम्ति क्रियाशील हुन आग्रह गरेको छ ।

एमालेको यस्तो पत्र पार्टीका ६ लाख ६३ हजार पार्टी सदस्यलाई पठाइएको छ । एमाले प्रचार विभाग संयोजक मीनबहादुर शाहीले पार्टीका सदस्यलाई यो पत्र पठाइएको भएप्नि यो आम मतदातालाई नै गरिएको आग्रह रहेको बताए । ‘पार्टीको यो अपिल पार्टीका सदस्यहरूका लागि मात्रै होइन, आम मतदातालाई पनि हो,’ संयोजक मीनबहादुर शाहीले भनेका छन् ।

पत्रमा ‘देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ । अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु,’ उल्लेख छ ।

 

  • ११ माघ २०८२, आईतवार १४:४८ प्रकाशित