एमाले अध्यक्ष ओलीले गरे सार्वजनिक बहसको आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका उम्मेदवारका रूपमा प्रस्तुत गरिएकाहरूबीच सार्वजनिक बहसको आह्वान गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत् यस्तो आह्वान गरेका हुन् । उनले शनिबार सञ्चारकर्मीसँग बोल्दै सार्वजनिक बहसमा भाग लिन आफू तत्पर रहेको बताएका थिए ।

‘पब्लिक डिबेटको लागि तयार छौं । नयाँरपुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन् । देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा ९एमाले० देश बनाउने तर्फबाट मैदानमा छ । यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ,’ उनले भनेका छन् ।

फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्ने पनि उनले बताएका छन् । यसपालिको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएको उनले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ । यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्‍यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु । चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु । त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु ।,’

 

  • ११ माघ २०८२, आईतवार ०८:२७ प्रकाशित