समानुपातिक मतपत्र छपाई धमाधम, डेढ करोड मतपत्र छापियो

केन्द्रभाग मिडिया

काठमाडौं ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मत छपाई धमाधम जारी छ। निर्वाचन आयोगले हालसम्म एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ ।

मतपत्र छपाइकार्य यही  २ माघदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी रहेको छ ।

समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भए लगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम नामावली तय भइसकेको छ । मनोनयन पत्र दर्ता प्रयोजनका लागि एकप्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पुर्‍याइएको थियो ।

  • १० माघ २०८२, शनिबार ०८:३१ प्रकाशित