म्याग्दी ।
म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएको पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् ।
उनले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उक्त चुनाव चिह्न रोजेका हुन् ।लगत्तै उनलाई चुनाव चिह्न प्रदान गरिएको हो ।
आयोगले कुनै–कुनै चिह्न प्रयोग गर्न नमिल्ने भनेर त्यस्तो सूचीको रुपमा सूचीबद्ध गरेको छ । निर्वाचन आयोगले प्रयोग गर्न मिल्ने भनेर उपलब्ध गराएको चिह्नमा रोज्न सकिनेछ ।















