सभापति गगन थापा पहिलोपटक पार्टी कार्यालय सानेपा पुगे

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा पार्टी कार्यालय सानेपा पुगेका छन् ।

 विशेष महाधिवेशनबाट सभापतिमा चुनिएको ८ दिनपछि पदबहालीका लागि केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् ।उनीसहित विशेष महाधिवेशनबाट चुनिएका पदाधिकारीले पदबहाली गरेपछि केन्द्रीय कार्यसमितिको बैठक पनि राखिएको छ ।

गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो ।

  • ९ माघ २०८२, शुक्रबार १४:२० प्रकाशित