उम्मेदवारी फिर्ता लिनेबारे पार्टी छलफलमा बाबुराम

केन्द्रभाग मिडिया

काठमाडौं ।

आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता गर्नेबारे पार्टीमा छलफल गरेका छन् । फागुन २१ गते हुन लागेको निर्वाचनका लागि डा।भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि, निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई अन्तिम समयमा पार्टीले उम्मेदवार बनाएको थियो । तर, सो क्षेत्रका अन्य दलका युवा उम्मेदवारहरूले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि भट्टराईले आफ्नो निर्णयबारे पुनर्विचार सुरु गरेका हुन् ।

उम्मेदवारी फिर्ता लिनका लागि आज समय रहेको छ ।

  • ९ माघ २०८२, शुक्रबार १३:१६ प्रकाशित