काठमाडौं ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेकाहरुले शुक्रबार निर्वाचन चिन्ह प्राप्त गर्ने भएका छन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका भोलि उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
निर्वाचन कार्यक्रम बमोजिम उमेदवारहरुको विरुद्धमा परेको उजुरी उपर निर्वाचन अधिकृतको कार्यालयहरुबाट निर्णय भए बमोजिम चार वटा उजुरीहरु खारेज भएका सूचना अधिकारी घिमिरेले जानकारी दिए । यदी आफूले दिएको उम्मेदवारी फिर्ता लिन चाहे शुक्रबार उम्मेदवारहरुले नाम फिर्ता लिनसक्ने पनि उनले जानकारी दिएका छन् ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि देशभर ६ माघमा उम्मेदवारी मनोनयन दर्ता भएको थियो । जसमा ५ जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो । भक्तपुर २ मा दुई वटा, सुनसरी २, रौतहट १, कैलीली १ मा भने एक—एक वटा उजुरी परेका थिए । जसमध्ये ४ वटा उजुरी खारेज भएका छन् भने रेशमलाल चौधरीको उम्मेदवारी भने खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।















