काठमाडौं ।
गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकार निष्पक्ष भएर निर्वाचन गराउन प्रतिबद्ध रहेको बताएका छन् ।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले कसैको पक्षधरता नलिने बताएका हुन् । उनले सुशासनबाहेक अन्य कुरामा सकैको पक्षधरता नलिने बताए। संवैधानिक व्यवस्थाअनुसार संसद् विघटन भएको ६ महिनाभित्रमा निर्वाचन गर्नुपर्ने भएकोले सरकार सोही बाटोमा अगाडी बढेको उनले जानकारी दिए ।
उनले सबै पक्षको विश्वास जितेर सरकारले निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई सत्ता हस्तन्तरण गर्ने बताए । फागुन २१ गतेको निर्वाचन कुनै हालतमा नसर्ने उनको भनाइ छ । हिमपात लगायत केही समस्या आएमा केही ठाउँहरुमा स्थगन हुने उनले बताए। विगतमा पनि स्थगन हुने गरेकोले त्यसलाई ठूलो समस्याको रूपमा लिन नहुने उनको भनाइ छ ।
उनले प्रहरीहरूको मनोबल हाल उच्च रहेकोले सुरक्षा व्यवस्थामा कुनै समस्या नरहेको पनि बताए। देशन निर्वाचनको माहोलमा गइरहेको उनको भनाइ छ ।















