पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

केन्द्रभाग मिडिया

काठमाडौं ।

मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् ।

सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । त्यसपछि प्रसाईं छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

निर्वाचन आयोगले ५२ करोड रुपैयाँ खाएर कांग्रेसको विशेष महाधिवेश पक्षलाई वैधता दिएको आरोप प्रसाईंले लगाएका थिए ।

  • ६ माघ २०८२, मंगलवार १५:५१ प्रकाशित