पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी

केन्द्रभाग मिडिया

काठमाडौं ।

पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग्ने आदेश गरेको छ ।

मंगलबार सहकारी ठगी मुद्दामा लामिछानेलाई पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले १ करोड धरौटी माग्ने आदेश गरेको हो ।

धरौटी बुझाउने प्रक्रियामा रहेको पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।

  • ६ माघ २०८२, मंगलवार १५:४५ प्रकाशित