रुकुमपूर्व पुगेर प्रचण्डले गरे उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

​रुकुम पूर्व ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुमपूर्वबाट उम्मेदवार बनेका प्रचण्डले निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

​२०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि नै हरेक चुनावमा नयाँ क्षेत्र रोज्दै आएका प्रचण्डले यसपटक रुकुमपूर्व रोजेका हुन् । यसअघि २०७९ को आमनिर्वाचनमा उनी गोरखा–२ बाट निर्वाचित भएका थिए ।

​रुकुमपूर्व माओवादी आन्दोलनको उद्गम थलो र बलियो किल्ला मानिन्छ । ३४ हजार ७७२ मतदाता रहेको यो जिल्लामा २०७९ को निर्वाचनमा माओवादीकै उम्मेदवार विजयी भएका थिए । त्यतिबेला माओवादीले नेपाली कांग्रेससँगको गठबन्धनमा चुनाव लडेको थियो ।

  • ६ माघ २०८२, मंगलवार १४:४९ प्रकाशित