बाबुराम भट्टराई गोरखा–२ बाट चुनाव लड्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई गोरखा–२ बाट निर्वाचन लड्ने भएका छन् ।

आइतबार गोरखाका अगुवा नेताहरूसँगको छलफलपछि भट्टराई गोरखा–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार बन्न सहमत भएको जिल्ला इन्चार्ज यानप्रसाद भट्ट (सरोज)ले जानकारी दिए ।

आजै बसेको प्रलोपाको बैठकले आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । तर, गोरखा–२ मा चुनावी तालमेल हुने या नहुने भन्नेबारे निश्चित भइनसकेको भट्टले बताए ।

गोरखा–२ मा यसअघि नै नेकपाले लेखनाथ न्यौपानेलाई टिकट दिएको छ भने एमालेले चक्रे मिलनलाई उम्मेदवार बनाएको छ । रास्वपाले भने उम्मेदवार टुङ्गो लगाइसकेको छैन ।

  • ४ माघ २०८२, आईतवार १७:१९ प्रकाशित