म्याग्दीमा नेकपाबाट अर्जुन थापा उम्मेदवार

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट अर्जुन थापालाई उम्मेदवार बनाएको छ । ४२ वर्षीय थापा धवलागिरी गाउँपालिका–७, धारापानी निवासी हुन् ।

उनी १० हजारभन्दा बढी बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने स्वतन्त्र रक्तदाता समूहका नेतृत्वकर्ता तथा सामाजिक अभियन्ता समेत हुन् । अघिल्लो चुनावमा काँग्रेससँग मिलेको माओवादीले प्रदेशमा २ सिट जितेको थियो भने प्रतिनिधि सभामा काँग्रेसलाई सघाएको थियो ।

  • ४ माघ २०८२, आईतवार १४:५६ प्रकाशित