काठमाडौं ।
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर निर्वाचनमा होमिने निर्णय गरेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । ओलीलाई साविक झापा क्षेत्र नम्बर ५ बाट नै उम्मेदवार बनाउने निर्णय निर्णय सचिवालय बैठकले गरेको छ ।
बैठकपछि सचिव महेश बस्नेतले भावी प्रधानमन्त्रीको रुपमा अध्यक्ष ओलीलाई अगाडि सार्ने निर्णय भएको जानकारी दिए । उनले एमालेले २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा बहुमत ल्याउने समेत दाबी गरेका छन् ।
बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि केही जिल्ला र क्षेत्रबाहेक अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।















