पार्टी एकताको पक्षमा उभिन आफ्ना नेता कार्यकर्तालाई कांग्रेसको अपिल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले पार्टी एकताको पक्षमा उभिन पार्टीका नेताकार्यकर्तालाई अपिल गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले पार्टीलाई नयाँ उचाइमा पुराउन देशभरका नेता कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

एकता र सद्भाव कायम राख्दै र निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई पुराएको योगदान उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय समेत बैठकले गरेको उनले बताए ।

उनले तत्काल संसदीय बोर्डको बैठक बसेर चुनावमा केन्द्रित हुने समेत उल्लेख गरेका छन् ।

  • ३ माघ २०८२, शनिबार १९:०१ प्रकाशित