कांग्रेसको नवगठित केन्द्रीय कार्यसमितिको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको नवगठित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने भएको छ । सभापति गगन थापाले नयाँ बानेश्वरको अर्पण ब्यांक्वेटमा बिहान साढे ११ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।

विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई शुक्रबारमात्रै निर्वाचन आयोगले मान्यता दिएको थियो । शनिबार बस्न लागेको केन्द्रीय समितिको बैठक दोस्रो हो । यसअघि बिहीबार ललितपुरको कुपन्डोलमा पहिलो केन्द्रीय कार्यसमिति बैठक बसेको थियो ।

शनिबार बिहानै बस्ने गरी पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि विघटित केन्द्रीय कार्यसमितिको बैठक बोलाएका थिए ।

  • ३ माघ २०८२, शनिबार ०९:१८ प्रकाशित