गगन थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र समिति निर्माण

केन्द्रभाग मिडिया

काठमाडौं।

विशेष महाधिवेशनपछि बसेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन घोषणापत्र समिति निर्माण गरेको छ । सभापति थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र समिति बनाएको हो ।

विशेष अधिवेशनबाट निर्वाचित भएको पहिलो कार्यसमितिले यस्तो निर्णय गरेको प्रवकत्ता देवराज चालिसेले जानकारी दिए । बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वका निर्वाचन परिचालन समिति बनाउने निर्णय समेत गरेको छ ।

बैठकले नयाँ बनेको केन्द्रीय समितिलाई आयोगमा अद्यावधिक गराउने निर्णय समेत गरेको छ ।

  • १ माघ २०८२, बिहीबार १४:२२ प्रकाशित