कांग्रेस केन्द्रीय समिति बैठक ६ घन्टापछि सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

बिहान ८ बजे बोलाइएको बैठक ६ घन्टापछि सुरु भएको हो । हिजो १ बजे बोलाइएको बैठक बेलुकी साढे ७ बजे सुरु भएलगत्तै स्थगित भएको थियो । बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको छ ।

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा विवाद चर्किँदो छ । विवादकै बीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए ।

विशेष महाधिवेशनमा अहिले नेतृत्व चयनका लागि मनोनयनलगायतको काम भइरहेको छ । विवाद समाधानका लागि नेताहरू छलफलमा पनि जुटिरहेका छन् ।

  • ३० पुष २०८२, बुधबार १४:४३ प्रकाशित