महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन समिति स्रोतका अनुसार भृकुटीमण्डपमा आइतबारदेखि जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत शर्माले र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका हुन्।

सभापति पदमा भने गगन थापाको एकल उम्मेदवारी परेको छ।

  • ३० पुष २०८२, बुधबार १४:३६ प्रकाशित