काठमाडौं ।
नेपाली कांग्रेसलाई विभाजनबाट रोक्ने अन्तिम प्रयास पनि विफल भएको छ। सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको वार्ता निष्कर्ष बिहीन भएसँगै विभाजन रोक्ने अन्तिम प्रयास विफलभएको हो। ।
सभापति देउवाले बोलाएपछि वार्ताका लागि महाराजगञ्ज पुगेका महामन्त्रीद्वय र सभापतिबीच झण्डै डेढ घण्टा वार्ता भएपनि कुरा नमिलेपछि उनीहरुले त्यहीँबाट निर्वाचन पक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।
वार्तामा रमेश लेखक, जीवन परियार, मीनेन्द्र रिजाल र बालकृष्ण खाँण पनि सहभागी थिए ।
ठोस निर्णय नआएपछि महामन्त्रीद्वयले निर्वाचन समितिलाई जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउन भनेका हुन् ।
सभापतिसँग निर्णायक भनिएको वार्तामा सहमति नजुटेपछि विशेष महाधिवेशन पक्षधर निर्वाचनमार्फत नीति र नेतृत्व चयनको प्रक्रियामा अघि बढेको छ ।
सभापति देउवासँग वार्ता चलेकाले बिहान ८ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पनि बस्न सकेको छैन ।















