कांग्रेसको विशेष महाधिवेशनमा मनोनयन दर्ता आज

केन्द्रभाग मिडिया

 

काठमाडौं ।
नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधर बीच सहमति जुट्न नसक्दा पार्टी विभाजन उन्मुख देखिएको छ ।

नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत नयां नेतृत्व चयन गर्न उम्मेदवारी मनोनयन आज हुने भएको छ ।

मंगलबार स्थगित भएको उम्मेदवारी मनोनयन बिहान ८ देखि ९ बजेसम्मको लागि तोकिएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिएका छन् ।

कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उम्मेदवारी दर्ता खुला गरिएको थियो । उम्मेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधवारका लागि सारिएको थियो ।

कांग्रेसको विशेष महाधिवेशन २७ पुस देखि काठमाडौँको भृकुटीमण्डपमा जारी छ । पार्टीभित्रको विवादका कारण विशेष महाधिवेशन लम्बिएको हो ।

संस्थापन र विशेष महाधिवेशन पक्षधरबिच अहिलेसम्म दुई विषय मिल्न नसकेको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति शेरबहादुर देउवा राजनीतिबाट अलग हुने भन्ने विषय संस्थापनका तर्फबाट वार्तामा बसेकाहरूले मानेका छैनन् ।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचन लड्ने उम्मेदवारहरूको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर गर्नुपर्ने विषयमा पनि संस्थापन पक्ष सहमत भएको छैन ।

  • ३० पुष २०८२, बुधबार ०६:५२ प्रकाशित