कांग्रेस विशेष महाधिवेशन : निर्वाचन तालिका आएसँगै भृकुटीमण्डप क्षेत्रमा बढाइयो सुरक्षा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक भएपछि भृकुटीमण्डप क्षेत्रमा सुरक्षा तैनाथी बनाइएको छ ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेका छन् ।निर्वाचन कार्यक्रम आएपछि प्रहरीले महाधिवेशन प्रतिनिधिबाहेकका व्यक्तिलाई बाहिर जान भन्दै माइकिङ गरेको छ ।

महाधिवेशन प्रतिनिधिहरुलाई हलभित्र पठाइएको छ । अन्य नेता कार्यकर्तालाई बन्दसत्र स्थलबाट टाढा पठाइएको छ ।यसअघि प्रतिनिधिहरुले बन्दसत्र चलिरहेको हल बाहिर नयाँ नेतृत्व चयनको माग गर्दै प्रदर्शन गरेका थिए ।

  • २९ पुष २०८२, मंगलवार १४:५५ प्रकाशित