काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार आगामी माघ ४ गतेका लागि अधिवेशन आह्वान गरेका हुन् ।उक्त दिन बिहान ११ बजे अधिवेशन संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभा बैठक बस्नेछ ।
यसअघि बानेश्वरस्थित संसद भवनमा राष्ट्रिय सभा बैठक बस्ने गरेकामा जेनजी आन्दोलनका क्रममा जलाइएपछि सिंहदरबारमा बैठक बस्न लागेको हो ।















