पार्टी फुट्न लागेको भन्दै तत्काल मिलाउन देउवालाई शेखरको सुझाव

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी विभाजनतिर गएको भन्दै तत्काल मिलाउन सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन्।

देउवा निवास महाराजगञ्जमा सोमबार पुगेर कोइरालाले देउवालाई यस्तो सुझाव दिएका हुन् । देउवा गुटको बैठक जारी रहेकै बेला अरू तीन जना नेतासहित कोइराला महाराजगञ्ज पुगेका थिए।

बैठकमा सहभागी कोइराला समूहको एक नेताले पार्टी फुटतिर गएकाले कोइरालाले सभापतिलाई मिलाउन आग्रह गरेको बताए ।जवाफमा देउवाले आफू समूहमा छलफलमा रहेको भन्दै पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएको ती नेताको भनाइ छ।

  • २८ पुष २०८२, सोमबार १६:४७ प्रकाशित