उनेपाले राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा १७ जनाको नाम हाल्ने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग भएसँगै उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा नाम राख्ने तयारी गरेको छ ।

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जितराम लामाका अनुसार जेनजी प्रदर्शनका क्रममा एउटा खुट्टा गुमाएका राजेश पोर्तेल अध्यक्ष रहेको राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा नाम राख्ने गरी छलफल भएको जानकारी दिए ।

उनका अनुसार उज्यालो नेपाल पार्टीका २१ जनाको नाम समानुपातिक बन्द सूचीमा समावेश गर्ने गरी तयारी भएको छ ।

रास्वपाले उज्यालोबाट समानुपातिक सूची परेका अधिकांशको नाम हटाए र आइतबार नै अद्यावधिक गरिसकेको छ । रास्वपाले उनीहरूको नाम हटाएसँगै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालका १७ जनाको नामसहित राष्ट्रिय परिवर्तन पार्टीले आज नै समानुपातिक सूची अद्यावधिक गर्न लागेको बुझिएको छ ।

केन्द्रीय सदस्य लामाका अनुसार राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरेरै जाने हिसाबले साङ्गठनिक संरचना, जिम्मेवारी सबै विषयमाथि छलफल गरी आज नै टुङ्गो लगाउने तयारी भइरहेको छ ।

  • २८ पुष २०८२, सोमबार १४:५४ प्रकाशित