शेखरले गरे आफू निकटस्थसँग छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बहुमत महाधिवेशन प्रतिनिधिको साथ पाएर अघि बढेपछि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने भन्दै आफूनिकटस्थसँग छलफल गरेका छन् ।

कोइरालाले आफू पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति र कानुनविद्हरूसँग सोमबार बिहान राजधानीमा छलफल गरेका हुन् ।

नेता मीनेन्द्र रिजालका अनुसार, पार्टीलाई कसरी एकताबद्ध बनाउन सकिन्छ र विद्यमान परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित रहेरछलफल भएको बताए। छलफलमा सहभागी नेताहरूले शीर्ष तहमा वार्ता र संवादको वातावरण बनाएर पार्टीलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा विशेष गरी पार्टीको आन्तरिक एकता कायम गर्नका लागि शीर्ष तहका नेताहरूबीच वार्ताको पहल गर्ने र साझा धारणा बनाउने विषयमा सहमति भएको छ ।

नेता रिजालले पार्टी एकताका लागि यो छलफल एक महत्त्वपूर्ण कदम भएको र यसले पार्टीभित्रको असमझदारी हटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

  • २८ पुष २०८२, सोमबार १३:२७ प्रकाशित