विशेष महाधिवेशनले गरेका निर्णय कार्यान्वयन गर्नुपर्छ : गोपालमान श्रेष्ठ

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीलाई विधि र विधानबाट चलाउन विशेष महाधिवेशनले गरेका निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

काठमाडौँको भृकुटीमण्डपमा आजबाट सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रमा धारणा राख्दै श्रेष्ठले पार्टी सञ्चालनमा कसैले हठ राख्न नहुने बताए ।

‘पार्टी सञ्चालनमा कसैले हठ गर्न हुँदैन । विधि र विधान अनुसार चल्नुपर्छ,’ श्रेष्ठले भने, ‘विशेष महाधिवेशनले गरेको निर्णय कार्यान्वयन गर्नपर्छ ।’

  • २७ पुष २०८२, आईतवार १५:४८ प्रकाशित