काठमाडौं ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) देखि सुरु हुँदैछ । ११औँ राष्ट्रिय महाधिवेशनपछि ४ पुसमा बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति २६,२७ र २८ पुस लाई तय गरेको थियो ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुने छ ।
बैठकमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा छलफल हुनेछ । यसअघि सचिवालयले प्रदेश संयोजनको जिम्मेवारीसहित जिल्ला संयोजनको काम टुङ्ग्याएकाले तीसँग सम्बन्धित विषय अनुमोदन हुने बताइएको छ ।














