कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला बानेश्वरमा सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला सुरु भएको छ । नयाँ वानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा भेला सुरु भएको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् ।

पार्टीका नियमित महाधिवेशन र विशेष महाधिवेशन के गर्ने भन्ने विषयमा विवाद चरमोत्कर्षमा पुगेको बेलामा संस्थापन पक्षीय सदस्यहरू भेला भएका हुन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारदेखि २ दिन काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन बोलाएका छन् । त्यो विशेष महाधिवेशनलाई पार्टी केन्द्रीय कार्यालयले विधान विपरीत भएको भन्दै कार्यसम्पादन समितिबाट निर्णय गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई उपस्थित नहुन भनेको छ ।

संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलामा केन्द्रीय सदस्यहरू रमा पौड्याल कोइराला, गोमा भट्टराई, सुशीला ढकाल आचार्य, शिव हुमागाई, लक्ष्मी खतिवडा, कृष्णकिशोर घिमिरे सहभागी छन् ।

त्यस्तै, जीतजंग बस्नेत, सिता देवकोटा, शारदा पौडेल, सिता राना, रुपा विश्वकर्मा, बालकृष्ण खाण, गुरु बराल, मानबहादुर नेपालीसहितका केन्द्रीय सदस्यहरू सहभागी छन् ।

  • २५ पुष २०८२, शुक्रबार १२:४२ प्रकाशित