काठमाडौं ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि तरंगित नेपाली काग्रेसका कार्यबहाक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।
उनले आज दिउँसो १ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा शेखर कोइरालासहितका शीर्षनेता सहभागी हुने बताइएको छ ।














